सुनचाँदीको भाउ घट्यो

काठमाडौं - नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । सोमबार सुन प्रतितोला २०० रूपैयाँले र चाँदी ५ रूपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रूपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

प्रतिक्रिया