बेपत्ता पारिएका व्यक्तिको अनुसन्धान गर्न आयोगको टोली कर्णालीमा

सुर्खेत : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोली कर्णाली प्रदेशमा आएको छ । कर्णालीमा बेपत्ता पारिएका व्यक्तिको अवस्थाको अनुसन्धानको प्रक्रियालाई अघि बढाउन आयोगको चार जनाको टोली कर्णाली पुगेको हो ।
टोलीले प्रदेश राजधानी सुर्खेतमा सरोकारवालाहरुसँग छलफल गरी कर्णालीका १० वटै जिल्लामा वेपत्ता पारिएका व्यक्तिका परिवारसँग छलफल गर्ने आयोगका प्रवत्ता डा.गंगाधर अधिकारीले बताए । आयोगले बेपत्ता पारिएका व्यक्तिहरुको अनुसन्धान गरी उनीहरूलाई परिचयपत्र उपलब्ध गराउन लागिएको प्रवत्ता अधिकारीले बताए ।
टोलीमा आयोगका प्रवत्ता अधिकारीसहित सदस्य सरिता थापा, विश्वप्रकाश भण्डारी, सुनिलरञ्जन सिंहलगायत छन् । ‘पीडितको पहिचान गरी परिचयपत्र वितरण गर्न लागेका छौ’ आयोगका सदस्य सरता थापाले भनिन्, ‘सुरुवातमा बढी प्रभावित जिल्लामा कार्यक्रम सञ्चालन गर्नेछौ ।’
सशस्त्र द्वन्दको समयमा कर्णाली प्रदेशमा तत्कालिन विद्रोही पक्ष तथा राज्य पक्षबाट ४०४ जना व्यक्ति बेपत्ता परेको आयोगको तथ्यांक छ । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी ७८ जना व्यक्तिलाई बेपत्ता पारिएको आयोगले जनाएको छ ।
आयोगको तथ्यांक अनुसार कालिकोटमा ५१, जाजरकोटमा ४३, दैलेखमा ४३, मुगुमा २९,रुकुमपश्चिममा ५३, सल्यानमा ७१, जुम्लामा २४, डोल्पामा ७ र हुम्लामा ५ जना व्यक्ति बेपत्ता पारिएका छन् ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया