चितवनमा एक सिङ्गे गैँडा मृत फेला

भरतपुर - चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा आइतबार मृत गैँडा फेला परेको हो ।
मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशंका गरिएको छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया