नातिलाई मदिरा नखानू भन्दा चिर्पटले हानेर बाजेको हत्या

काठमाडौँ- रूकुम पश्चिममा बाजेको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२ का ५१ वर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाति २३ वर्षीय डिल्लीराम खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार बिहान साढे ६ बजेतिर जुम्लाबाङ बुगेरी सडक खण्डस्थित त्रिवेणीतर्फ जाने सडकको छेउमा हस्तराम मृत फेला परेका थिए । त्यसपछि जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको टोलीले डिल्लीरामले लगाएको चप्पलमा रगत देखेपछि सोधपुछका लागि उनलाई दिउँसो नियन्त्रणमा लिएको हो ।
सोधपुछका क्रममा नाति डिल्लीरामले नै बाजे हस्तरामको हत्या गरेको स्वीकार गरेको इन्स्पेक्टर खड्काले बताए । बाजेले नातिलाई रक्सी नखान सम्झाउँदा भनाभन भएको र त्यही क्रममा नातिले बाजेलाई लडाएर दाउरा प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया