'बिग सीजी डे'मा आठ सय बढी प्रोडक्टमा छुट, क्यासब्याक पनि पाइने

काठमाडौँ- चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले तेस्रो संस्करणको आफ्नो सबैभन्दा ठूलो सेल 'बिग सीजी डे' सुरु भएको घोषणा गरेको छ । यो अभियान आधिकारिक रूपमा फेब्रुअरी २४ मध्यरातदेखि सुरु भएको हो ।
यस वर्षको 'बिग सीजी डे' विगतका वर्षहरूभन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने सिजी डिजिटलले आश्वासन दिएको छ।
'बिग सीजी डे'को मुख्य हाइलाइटहरु ८००+ सामानहरूमा ३६ प्रतिशतसम्मको छुट, थप १० प्रतिशतसम्मको मेगा भौचर, २४ हजारसम्म क्यास ब्याक, डेल्ली गिभअवेको रूपमा १० दिनसम्म हरेक दिन एक जना लक्की विजेता जसले आफुले किनेको सामान बराबरको अर्को सामान निशुल्क किन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ ।
बैंक छुटको सन्दर्भमा 'बिग सीजी डे'मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत २५ प्रतिशत अधिकतम २५ सय रुपैयाँ बचत गर्न सक्ने जनाएको छ । नबिल बैंकका ग्राहकहरूले माथि उल्लेखित कार्ड छुटहरू प्राप्त गर्न सक्ने बताइएको छ । यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुने कम्पनीले जनाएको छ ।
'बिग सीजी डे'को पहिलो दिन फेब्रुअरी २४ को दिन दिउँसो ४ बजे आफ्नो सोसल मिडियामार्फत लाइभ सो गर्ने कम्पनीले जनाएको छ । नायक सलोन बस्नेतलगायत विभिन्न चर्चित कलाकारहरूसँगको कुराकानी रहने कम्पनीले जनाएको छ ।
साथै विभिन्न उपहार तथा छुट भौचर पनि लाइभको समयमा हेर्न सकिने कम्पनीले जनाएको छ ।
'बिग सीजी डे' २४.२.२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स (LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Black + Decker, Crompton, Elica, Sensei), सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्स का विभिन्न उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_aZz0VXATyd_dlvax4yapqjl3bszpvgdc9wkifqltfb6k92np7ukvqjr8kdbeyf2eyt8dtx9.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया