चितवन मेडिकल कलेजमा वडावासीलाई उपचारमा ५० प्रतिशत छुट

चितवन- भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ । मेडिकल कलेज सोही वडामा पर्छ ।
वडाध्यक्ष परमेश्वर खनाल र चितवन मेडिकल कलेजका तर्फबाट व्यवस्थापक पारस अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस्तै वडाध्यक्षको सिफारिसमा चितवन रोयल क्यान्सर इन्स्टीच्युटमा सञ्चालित सिटीइभिटीको पढाइमा वडावासी विद्यार्थीले १० प्रतिशत छुट प्राप्त गर्ने छन् । छुट सेवा लिनका लागि वडा कार्यालयले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
प्रथम पक्ष अर्थात् वडावासीले सिधै खरिद गरेका कुनै पनि सामानमा सम्झौता लागू नहुने र अस्पतालको आकस्मिक कक्ष एवं बहिरङ्ग टिकटमा समेत छुट गर्ने गरी सम्झौता भएको वडाध्यक्ष खनालले जानकारी दिनुभयो । वडा कार्यालय र अस्पतालबीच भएको सम्झौता २०८४ चैत ३० गतेसम्म लागू हुने छ ।
वडा कार्यालयले आयोजना गरेको कुनै पनि स्वास्थ्यसम्बन्धी कार्यक्रममा अस्पतालले आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति उपलब्ध गराउने सम्झौता भएको छ । मेडिकल कलेजले अन्य पालिकासँग समेत सम्झौता गरेर छुटमा उपचार गरिरहेको छ । रासस

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया