रौतहटमा जग्गा विवाद हुँदा एक जनाको मृत्यु

रौतहट- रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिकास्थित जग्गाको बिषय लिएर भएको दुई पक्षिय विवादमा एक जनाको मृत्यु भएको छ भने एक जना पक्राउ परेका छन् ।
दुर्गा भगवती-२ भलोहियास्थित भएको दुईपक्षीय विवादमा स्थानिय वर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्गा भगवती- २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका ४० वर्षीय जयप्रकाश दास र सोही स्थानका ५० वर्षीय चन्देश्वर महतोबीच शुक्रबार अपरान्ह विवाद हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए । लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न एक जना मानिस पक्राउ गरिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थल सदरमुकाम गौरदेखि झण्डै १५ किलोमिटर उत्तर पूर्वमा पर्छ।
पाँच वर्षपछि सकियो खानेपानी आयोजना

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

प्रतिक्रिया