ऊ जिउँदै छ

कसले भन्यो ऊ मर्यो भनेर
अस्ति भर्खर हो उसले गैरी खेत बेचेको
अस्ति भर्खर हो ऊ सुकुम्वासी बनेको
अस्ति भर्खर त हो ऊ ऋण तिर्नै नसकेर गाउँ छाडेको
कसले भन्छ ऊ मर्यो भनेर ऊ जिउँदै छ ।।
अस्ति भर्खर त हो उसले गणतन्त्रको नारा लगाएको
अस्ति भर्खर त हो ऊ आफैलाई सहरमा बेचेर विदेश भासिएको
अस्ति भर्खर त हो उसको प्रिय मान्छे हराएको
अस्ति भर्खरै त हो आफन्तहरूले उसलाई नचिनेको
कसले भन्छ ऊ मर्यो भनेर ऊ जिउँदै छ ।।
अस्ति भर्खर त हो ऊ उसले सपना देखेको पैसाको
अस्ति भर्खर त हो उसलाई थाहा भएको जाँदै गरेको बैंशको
अस्ति भर्खर त हो उसलाई थाहा भएको ऊ बन्धक बनेको
अस्ति भर्खरै त हो ऊ काठको बाकसमा बन्द भएको
श्वास पो छैन त
कसले भन्छ ऊ मर्यो भनेर
ऊ त गहिरो निन्द्रामा छ उठ्दै नउठ्ने गरी ।।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया