अमेरिका पठाएर साढे ७ लाख रुपैयाँ तलब हुने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले अमेरिका पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४, दिव्यनगरका २८ वर्षीय राजन पन्त रहेका छन् ।
प्रहरीका अनुसार पन्तले अमरबहादुर पुन मगरलाई ६० लाख रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने आश्वासन दिएका थिए । उनले अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक सात लाख ५० हजार रुपैयाँ तलब हुने बताएका थिए ।
पुनबाट उनले पटकपटक गरी १० लाख रुपैयाँ लिएको र त्यसपछि उनी फरार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकरी दिए ।
कार्यालयले उनलाई नवलपरासी प्रहरीसँग समन्वय गरेर बिहीबार बर्दघाटबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

प्रतिक्रिया