मापदण्डविपरीत खोप लगाएपछि कार्यक्रम स्थगित

बुटवल: रुपन्देहीका तीन स्थानीय तहमा सरकारले तोकेकोभन्दा फरक उमेर समूहकाले पनि कोभिडविरुद्धको खोप लगाएको भन्दै विवाद भएपछि खोप कार्यक्रम नै स्थगित भएको छ। जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा खोप कार्यक्रम स्थगित भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
पालिकाबाट खटिएका स्वास्थ्यकर्मीबाट गुनासो आएपछि पालिकामा खोप कार्यक्रम स्थगित गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। ‘ओमसतिया र सिद्धार्थनगरबाट गुनासो आयो । मापदण्डभन्दा बाहिरका मान्छेलाई खोप लगाउने काम भयो,' उनले भने, 'गुनासो आएपछि हामीले स्थगित गरेका छौं। तिलोत्तमामा अपुग भयो भन्ने गुनासो आएको छ।' प्रजिअ तामाङले मापदण्ड बाहिर गएर खोप लगाउन खटिएकाहरूलाई स्पष्टीकरण सोधिसकेको बताए।
ओमसतिया गाउँपालिका-२ का अध्यक्ष ज्ञानेश श्रेष्ठले आफन्त र पार्टी कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद भएको छ । रुपन्देहीमा १४ हजार २ सय ५५ जनालाई खोप लगाउने तयारी थियो । लक्षित उमेर समूह मध्ये धेरैले लगाइसकेका छन्। प्रजिअ तामाङले बाँकी खोप पहिलो प्राथमिकता ६२ देखी ६४ वर्ष उमेर समूहकालाई लगाइने दोस्रो स्वास्थ्यकर्मीलाई दिने बताए । 'त्यसपछि जसले भेरोसेलको दोस्रो डोज लगाउन बाँकी छ उसलाई आह्वान गर्छौँ र बचेको खोप सरकारको निर्णय अनुसार गर्छौ,' उनले भने ।
खोप लगाउदा पनि बढी भिडभाड भएको छ । जेष्ठ नागरिकहरूले भिडभाड गरेर खोप लगाउनु परेको गुनासो गरेका छन् । बुटवलका कृष्ण लम्सालले भिड देखेर खोप केन्द्रको बाहिरैबाट फर्किएको बताए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया