एमाले कैलालीको मतदान अनिश्चितकालका लागि स्थगित

धनगढी- अधिवेशन सुरु भएको पाँच दिनसम्म पनि नेतृत्वका लागि रस्साकस्सी चलिरहेको नेकपा एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
अधिवेशन सुरु भएको पाँचौं दिन बिहीबार दिउँसो १२ देखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो । साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मतदान स्थगित गरिएको जनाएको हो ।
अधिवेशनका प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको सूचनामा जारी गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन ६ गते आइतबार अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले सहमति नभए भोलिपल्टै निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएको भए पनि कैलालीमा पाँचौं दिन समेत मतदान हुन सकेको छैन ।
एमाले केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा र एमाले सुदूरपश्चिम कमिटी निवर्तमान अध्यक्ष दामोदर भण्डारीको चरम गुटबन्दीका कारण अधिवेशन अनिर्णयको बन्दी बनेको प्रतिनिधिको आरोप छ ।
नेतृत्वका लागि कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया