क्यानडा-११ ले जित्यो नेपाल ए विरुद्धको सिरिज

काठमाडौँ- क्यानडा- ११ ले नेपाल ए विरुद्धको सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडा-११ ले सिरिज २-१ ले जितेको हो ।
नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडा-११ ले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले ४७ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो ।
नेपाल ए का लागि आसुतोष घिरैयाले सर्वाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९-१९ रन बनाएका थिए ।
क्यानडा-११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २-२ विकेट लिएका थिए ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर सिरिज खेलेको हो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Z5uuLxkmmm_pkd5crgbkrkuiqlfgeuvqhuizrrgsmdami4mmuysyhnmpdfky8eitpfzyc8p.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया