जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्यो : चन्द्र भण्डारी

काठमाडौँ - नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्र भण्डारीले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा भण्डारीले मुलुकमा अधिकारसम्पन्न संविधान बनेपनि तीनै तहका सरकारले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका हुन् । उनले सरकारका काम ठेक्कापट्टा र स्वार्थ पुरा गर्नेमात्रै नभएको जिकिर गरे ।
भण्डारीले गलत आर्थिक नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको धारणा राखे । सुरु गरेका विकास निर्माणहरू समयमा नै सम्पन्न हुन नसकेको, हेटौँडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बिउ र बजारका लागि सधैँ माग गर्नुपरेको अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए ।
भण्डारीले कृषि क्षेत्रमा रहेको बिचौलियाको बिगबिगीलाई अन्त्य गर्दै यस क्षेत्रको बिकास गर्नुपर्नेमा जोड दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया