बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ ।

बिहीबार बसेको बैठकमा राजनीतिक दलसम्बन्धी (दोश्रो संशोधन) विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा एमाले सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए ।

गणपूर संख्या भए नभएको यएकिन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख देवराज घिमिरेले फागुन ११ गते शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य अर्थात ६९ जना सदस्य आवश्यक पर्नेमा ६५ जना मात्र उपस्थित देखिएकाले बाँकी कार्यक्रमलाई सूचीबाट हटाउँदै बैठक स्थगित भएको सभामुखले जानकारी दिए ।

कांग्रेस महासमिति बैठक, एमाले केन्द्रीय कमिटी र माओवादी पनि आन्तरिक छलफलमा रहेका कारण प्रतिनिधि सभामा सांसदहरूको न्यून उपस्थिति देखिएको छ ।