रुस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले रुस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उनले रुस-युक्रेन युद्धमा रहेका नेपालीहरूको अवस्था अज्ञात रहेको र परिवारका सदस्यहरू थप पीडामा परेको भन्दै सो स्थानमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका हुन् । सयौंको संख्यामा रुसी सेनामा नेपालीहरू रहे पनि उनीहरूको अवस्था पत्ता लगाउन परराष्ट्र मन्त्रालय असफल रहेको उनले बताए ।
उनले नेपालीहरू रुसी वा युक्रेनी सेनामा पुराउने अवस्थाको छानबिन गर्नुपर्ने धारणा राखे । अनधिकृत रूपमा रुस-युक्रेनबाट फर्काउन सरकारले तत्परता समेत नदेखाएको उनको भनाइ छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया