कोरोनाबाट मृत्यु हुने सात सय नाघ्यो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कोभिड-१९ संक्रमितको कुल संख्या एक लाख २६ हजार एक सय ३६ जना पुगेको छ । जसमध्ये ८८ हजार ४० जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित संख्या ३७ हजार तीन सय ८२ छ ।
पछिल्लो २४ घण्टामा नेपालमा चार हजार तीन सय ९२ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौँमा एक हजार सात सय ८४, भक्तपुरमा दुई सय ४४ र ललितपुमा तीन सय ७४ गरेर आज उपत्यकामा दुई हजार चार सय दुईजना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टमा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या सात सय १५ पुगेको छ । मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, भक्तपुर, चितवन, दाङ, बाँके र रुपन्देहीमा संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ ।
विश्वमा आजसम्मको तथ्यांक अनुसार तीन करोड ९२ लाख २८ हजार नौ सय एकजना कोभिड-१९ बाट संक्रमित भएका छन् । निको हुनेको संख्या दुई करोड ९४ लाख नौ हजार चार रहेको छ ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया