माेटरसाइकललाई साइड दिँदा ट्याक्टर बाँधमा खस्याे, दुई जनाको मृत्यु, सात जना घाइते

राैतहट - गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्याक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा ट्रयाक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनी मृत्यु भएको हाे । उनीहरुलाई उपचारका लागि सिटी अस्पताल गरुडा लैजाँदा चिकित्सकले परीक्षणपछि मृत घाेषणा गरेका हुन् ।
मृतकको शव परीक्षण लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको गढीमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीले बताए ।
बुधबार बिहान ११ बजे सर्लाही बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्फ आउँदै गरेको नम्बर नखुलेकाे उक्त ट्याक्टर हुँदा गम्भीर घाइते भएका १७ वर्षीय आकाश सहनी र ७ वर्षीय किसन सहनीलाई प्राथमिक उपचारपश्चात थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको नायव उपरीक्षक खनालले बताए ।
उक्त ट्याक्टरमा १७ जना सवार रहेका थिए । जसमध्ये दुई जनाको मृत्यु र ७ जना घाइते भएका छन् । घाइतेमध्ये एकजना उपचारपछि घर फर्किएका छन् । बाँकीकाे उपचार प्रादेशिक अस्पताल गाैरमा उपचार भइरहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले बताए । बाँधमा विपरीत दिशा तर्फबाट आइरहेका मोटरसाइकललाई साइड दिने क्रममा ट्याक्टर बाँधबाट तल खसेकाे थियाे ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया