किन गरिरहेका छन् ट्याक्सी व्यवसायीहरूले विरोध ?

काठमाडौँ- २० वर्षे ट्याक्सीको सट्टाभर्नामा नयाँ ट्याक्सी खरिद गर्दा एकाधिकार प्रणाली लागू गरेको भन्दै ट्याक्सी यातायात व्यवसायीहरूले विरोध गरेका छन् । बुधबार काठमाडौँमा पुराना ट्याक्सीको र्यालीसहित प्रदर्शन गर्दै सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदर संयुक्त संघर्ष समितिले ट्याक्सी व्यवसायी र स्वरोजगार मजदुरहरूलाई राज्यबाट ट्याक्सीको सट्टाभर्नामा एकाधिकार प्रणाली लागू गर्दा नयाँ ट्याक्सी खरिद गर्न झनै महँगो भएको जनाएको हो ।
संघर्ष समितिले ट्याक्सी सट्टाभर्नामा सबै कम्पनीका सबै किसिमका गाडी बजार प्रतिस्पर्धा गराई पेट्रोलियम पदार्थ, ग्यास लगायत अन्य वैकल्पिक उर्जाबाट चल्ने सवारी साधनहरू, सहज मुल्यका सवारीसाधन खरिद गर्न पाउनु पर्ने मापदण्ड लागू गर्न सरकारलाई आग्रह गरेको छ ।
त्यस्तै, उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकार्षण गराएको छ ।
ट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाईएको एकाधिकार (सिण्डिलेट) लाई तत्काल खारेज गर्नुपर्ने साथै बैज्ञानिक तवरबाट ट्याक्सीको आयु तोकिनुपर्ने उनीहरूको माग छ ।
उनीहरूले प्रशासनिक निकायहरूबाट चालक मजदुरहरूमाथि गरिने अनावश्यक गतिविधि बन्द गरिनुपर्ने समेत माग राखेका छन् ।

घट्यो पेट्रोलको मूल्य

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

प्रतिक्रिया