काठमाडौँको अर्को समस्या पोलहरूमा झुन्डिएका तार

काठमाडौँ- काठमाडौँको मुख्य समस्याको रूपमा रहेको छ फोहोरको उचित व्यवस्थापन । यो समस्या हुँदाहुँदै काठमाडौँका सडक र मुख्य बजारमा रहेका पोलहरूमा अव्यवस्थित रूपमा झुन्डिएका तारहरू अर्को समस्याका रूपमा देखिएका छन् ।
यहाँका मुख्य बजार र सडकमा प्राधिकरण र टेलिकमका पोल छन् र तिनै पोलहरूमा असरल्ल अव्यवस्थित तरिकाले तार झुन्डिएका छन् । यस्ता तारहरूले आम सर्वसाधारणलाई अप्ठ्यारो त भएको छ नै यसले जुनसुकै समयमा ठूलो दुर्घटना पनि निम्त्याउन सक्छ । यी अव्यवस्थित झुन्डिएका तार व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिका, विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले त्यति चासो दिएको जस्तो देखिँदैन ।
विद्युत् प्राधिकरणले जमिनमुनि पाइपभित्र तार राखिने योजना त ल्यायो तर उक्त योजना उचित रूपमा सञ्चालन हुन सकेको छैन ।
यी अव्यवस्थित केबल र तारहरूले काठमाडौँ सहरको सौन्दर्यलाई त हानी गरेको छ नै दुर्घटना र आगलागीको गम्भीर जोखिम पनि यसले निम्त्याएको छ । यो अनुगमनको जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न स्थानीयवासीहरूसँग छ । तर, यसकी जवाफ भने आजसम्म कुनै निकायले दिएको जस्तो देखिँदैन ।
महानगरले सडकमा भएका अव्यवस्थित तारहरूको उचित व्यवस्थापन गर्न नसक्दा आम सर्वसाधारणलाई जोखिमपूर्ण अवस्था सिर्जना भएको स्थानीयहरूको गुनासो छ ।

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_kHiA4F6LwA_zhxajkepdotdhzsbwiwgww6obcyqelfuk6giwudrrdhnaugxonyynkpapcuu.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया