पर्सामा एकअर्काको धार्मिक स्थलमा विरोध नगर्नेसहित ५ बुँदे सहमति

पर्सा - पर्सामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नेगरी ५ बुँदे सहमति भएको छ ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फूयू जारी गरेपछि उत्पन्न समस्या समाधान गर्न ५ बुँदे सहमति गरिएको हो ।
मंगलबार बसेको सर्वपक्षीय छलफलमा वीरगञ्जसहितका स्थानमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नेगरी ५ बुँदे सहमति भएको हो ।
यही हुन् सहमति जुटेको ५ बुँदा
१. सयौँ वर्षदेखि कायम रहेको जात–जाती, भाषा, धर्म, समुदाय सम्प्रदायबीचको एकतालाई अझ मजबुत गराई नेपाली जनताबीचको सुसम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिवद्धता गर्ने ।
२. एक अर्काको आस्थाको केन्द्र तथा धार्मिक स्थलहरूको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिक स्थलहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने । यस किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने ।
३. जिल्लाभित्र खुलमखुला रुपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्ने लगायतका कृयाकलाप गर्नेविरुद्ध कानुन बमोजिम कारबाही गर्न प्रशासनसमक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने ।
४. जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव विगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका अवाञ्छित गतिविधिहरू, धार्मिक साम्प्रदायिक र् याली, जुलुस, बन्द हडताल लगायतका कुनै पनि गतिविधिहरू कुनै पनि संघ, संस्था एवं समुदायले नगर्ने । यसमा सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, संघ, संस्था एवं सरोकारवालाहरूले सहयोग गर्ने ।
५. सामाजिक सञ्जालमा कुनै पनि जात, धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरू पोष्ट गर्ने गराउने उपर प्रशासनबाट कानुन बमोजिम कडा कारवाही गर्ने ।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_JhF1HaZgQd_ytiourw9owd2jicajk0pgshgruenzoehupfdlkzjp1ntmibiq15lvwoxtzlx.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_3StJjXCQyv_6z5laqc1mjyf0twoicmimrwedpsg9nusdz5jqeuajtawfferpb90phv3psrx.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया