एकै स्थानीय तहका चार सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

सुर्खेत- नेपाल नेत्रज्योति संघ आँखा उपचार मेहलकुना र मेहलकुना नगरपालिकाको सहकार्यमा गत माघ १७ गतेदेखि फागुन १ गतेसम्म वडास्तरमा सञ्चालित आँखा शिविरमा आँखा जाँच गर्दा मोतिबिन्दुको समस्या देखिएका चार सय जना बिरामीमध्ये तीन जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
नगरपालिकाको वडास्तरमै गएर आँखा परिक्षण गर्दा १४ प्रतिशतमा मोतिबिन्दुको समस्या देखिएको हो । जम्मा २ हजार ८ सय ४० जना व्यक्तिको आँखा परिक्षण गर्दा चार जनामा मोतिबिन्दुको समस्या देखिएको थियो ।
वडास्तरमै गएर आँखा परिक्षण गरी मोतिबिन्दु भएको र त्यसको शल्यक्रिया समेत निःशुल्क हुन्छ भन्ने जानकारी गराँउदा समेत करिब चार जना बिरामीहरू शल्यक्रियाका लागि नआएकोनेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीका प्रमुन मान बहादुर कुँवर बताउछन् ।
‘कर्णाली प्रदेशको सुगम क्षेत्रमा पनि मोतिबिन्दुको समस्यो यस्तो छ यहाँबाट जम्मा एक घण्टामा अस्पताल पुग्न सकिन्छ तर पनि वहाँहरू उपचार गराउन जानु भएन’ कुँवरले भने ‘वहाँहरूलाई मेरो आँखामा रोग लागेको छ उपचार गरे निको हुन्छ भन्ने ज्ञान नै छैन अहिले हाम्रो प्रमुख चुनौति नै यहि हो यहाँका मानिसहरूलाई आँखा उपचारको आवश्यकता महसुस नै छैन ।’
सुर्खेत जस्तो सुगम जिल्लाको एउटै पालिकासमेत चार सय जनामा मोतिबिन्दुको समस्या देखिनु सामान्य नभएको नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र बताउँछन् । ‘यसबाट अहिले पनि नागरिकहरूलाई आँखा उपचारको आवश्यकता महसुस नै भएको छैन भन्ने देखिन्छ त्यसैले अब हामिले नागरिकहमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्न जरुरी छ’ मिश्रले भने ।
राप्ती आँखा अस्पतालको नेत्ररोग विशेषज्ञ डा.सुरेश रसाइलीको नेतृत्वको टोलीले बिरामीहरूको निःशुल्क शल्यक्रिया गरेको थियो ।
नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो ।
सिबिएम ग्लोबलको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा सञ्चालित नेपाल एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रममार्फत हालसम्म प्रदेशका ६ हजारभन्दा बढि आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिसकेको कुँवर बताउँछन् ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_UJ0iTvxKt2_bqlhelf7kh5detfpezabcactao54co2ryskjakzvvo24ffrrienp1kuhh7gz.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया