गोरखाका नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सांसद दवाडीको माग

काठमाडौँ : नेपाली कांग्रेस युवा नेता एवम् गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले गोरखामा पर्याप्त मात्रामा कोभिडविरुद्ध खोप उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । गोरखा क्षेत्र नं. २ (ख) का निर्वाचित सांसद दवाडीले विज्ञप्ति जारी गरी जनताको उपचारमा केन्द्रीत हुन उनले माग गरेका हुन् ।
मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने कार्यक्रम सुरु भए पनि सरकारले पर्याप्त मात्रामा खोप नपठाउँदा खोप लगाउन समस्या भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले अहिले पठाएको खोपको मात्राले अपुग हुने भन्दै तत्काल खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । ‘तोकिएको उमेर समूहलाई तुरुन्तै खोप उपलब्ध गराइयोस्,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जिल्लाका सबै नागरिकलाई तुरुन्त खोपको व्यवस्था गराइदिन प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।’
जनताको जीउ धन भन्दा ठूलो सरकारका लागि केही नहुने भन्दै उनले नागरिकको रक्षामा लाग्न सरकारलाई आग्रह गरेका छन् ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया