प्रोपब्लिकाको खोजमुलक रिपोर्ट : विश्वका धनाढ्य तिर्दैनन् कर
नेपालका अर्बपति विनोद चौधरी पर्दैनन् ठूला करदातामा

काठमाडौँ : अमेरिकाको खोज पत्रकारितासम्बन्धी संस्था प्रो पब्लिकाले विश्वका अर्बपति सूचीमा रहेका धनाढ्यहरूको आयकर विवरणसम्बन्धी तथ्य सार्वजनिक गरेको छ । जेफ बेजोस, एलन मस्क र वारेन बफेट जस्ता ठूला अर्बपतिहरूले आफूले आर्जन गरेको धनको तुलनामा न्यून आयकर तिर्ने गरेको रिपोर्टमा उल्लेख छ । कहिलेकाही त कर नै नतिर्ने गरेको समेत दाबी गरिएको छ ।
फोब्स धनाढ्य सूचीको अग्रस्थानमा रहेका जेफ बेजोसले सन् २००७ मा एक पेनी पनि आयकर नतिरेको उल्लेख छ । त्यसपछि सन् २०११ मा उनले कर तिरेनन् । सन् २०१८ मा टेस्लाका मालिका एलन मस्कले समेत कर बुझाएनन् ।
प्रोपब्लिकाले अमेरिकाको आन्तरिक राजस्व सेवासम्बन्धी तथ्यांक फेला परेको दाबी गरेको छ । मुलुकका हजारौं धनाढ्यको कर चुक्ता विवरण फेला पारेको छ ।
ट्रम्पको कर नीति उल्टाउने तयारीमा जो बाइडन
अमेरिकी राष्ट्रपति जो बाइडन धनाढ्यहरूमा कर बढाउने तयारी गरिरहेका छन् । मुलुकमा समानता कायम राख्न उनले कर बढाउने योजना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
लगानीभन्दा बढी कमाइ गरिरहेका धनाढ्यलाई दुई गुणासम्म कर बढाउने उनको तयारी छ । बाइडनले टप मार्जिनल इनकम ट्याक्सलाई ३७ प्रतिशतबाट ३९.६ प्रतिशत पुर्याउने प्रस्ताव गरेका छन् ।
सन् २०१७मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले कर कटौतीको फैसला गरेका थिए ।
कसले कति तिरे कर ?
वारेन बफेटले सन् २०१४-१८ मा दुई करोड ३७ लाख अमेरिकी डलर कर तिरेका छन् । जबकी यस समयावधिमा उनको धन २४.३ अर्ब डलरले बढेको फोब्समा उल्लेख छ । प्रोपब्लिकालाई दिएको जवाफमा बफेटले आफ्नो मृत्युपछि ९९.५ प्रतिशत आयकर र परोपकारमा खर्च हुने उल्लेख छ ।
प्रो पब्लिकाका अनुसार जेफ बेजोसले सन् २००७ मा एक पेनी कर बुझाएनन् । तर उनको कम्पनीको सेयर मूल्य दुई गुणाले बढेको थियो । सन् २०११ मा उनको धन १८ अर्ब अमेरिकी डलर पुग्यो । उनले आफ्नो घाटा देखाउँदै बच्चाका नाममा चार हजार डलरसम्म कर छुट लिए । एक खर्ब ९० अर्ब डलर नेटवर्थ भएका बेजोस विश्वकै धनाढ्यमा पर्छन् ।
यसले मुलुकको कर प्रणालीमा रहेको कमजोरीको फाइदा उठाउँदै धनीहरू कर तिर्नबाट उम्किने गरेको पूष्टी हुन्छ ।
फोब्स अर्बपति विनोद चौधरी पर्दैनन् ठूला करदातामा
फोब्सको अर्बपतिको सूचीमा रहेका एक मात्र नेपाली उद्योगपति विनोद चौधरी समेत ठूला करदाताको सूचीमा नपरेको भन्दै आशंका उठ्ने गरेको छ ।
दुई वर्ष लगातार उनको वार्षिक धन १.४ अर्ब अमेरिकी डलर छ । सन् २०१९ मा उनको धन बढेर १.७ अर्ब डलर पुगेको थियो । सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो । ती वर्ष लगातार सम्पत्ति चौधरीले बढाउँदै गइरहेका थिए । तर दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो छ । ६५ वर्षे चौधरी सिजी कर्प ग्लोबलका सञ्चालक हुन् ।
नेपालमा उनको नबिल बैंक र सिजी फुडमा ठुलो लगानी छ । सन् २०१५ मा फोर्ब्स एसिया म्यागजिनको कभर पेजमा झुल्किएका चौधरीले परोपकारितालाई आफ्नो सफलताको श्रेय मानेको बताएका थिए ।
आन्तरिक राजस्व विभागले प्रत्येक वर्ष सार्वजनिक गर्ने ठूला करदातामा सूर्यनेपाल प्राली र सिप्रदी ट्रेडिङका सञ्चालकहरू दोहोरिने गरेका छन् ।
विलासिताका साधन भन्दै सरकारले प्रत्येक वर्ष कर बढाउँदै जाने भएकाले आयातित मदिरा र सवारीसाधनमा उच्च दरमा कर लाग्ने गरेको छ ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

प्रतिक्रिया