अदालतबाट धरौटीमा छुटेपछि बालिकाको बलात्कार गरी हत्या

जनकपुरधाम : महोत्तरीको बर्दिबासमा बालिका हत्या घटना प्रकरणले अवस्था तनावग्रत बनेको छ । आक्रोशित स्थानीयले शव राखेर बिहानैदेखि पूर्वपश्चिम राजगमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेको छन् भने प्रहरीका गोली लागेर ३ जना घाइते भएका छन् । त्यस्तै प्रहरीकाे लाठी चार्जबाट आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।
बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीया बालिका गुलाब साह खातनुको बलात्कारपछि हत्या गरिएको आशंकामा स्थानीयले आरोपित युवक २५ वर्षिय अरुणकुमार साहको घर र पसलमा आगो लगाएका छन् ।
स्थानीयले मृतक बालिकको शव सडकमै राखेर बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले बलात्कार तथा हत्यामा संलग्न ‘फाँसी देऊ’ भन्दै नाराबाजी गरिरहेका छन् ।
यसरी भयो घटना
मंसीर ७ गते आइतवार रातिदेखि शहीद आलमकी छोरी गुलाब बेपता भएकी थिइन् । बालिका बेपता भएको भन्दै अभिभावकले प्रहरीमा उजुरी समेत दर्ता गराए पनि केही पत्ता लाग्न सकेन ।
सोमवार राति पीडित परिवारले थाहा भएपछि आरोपित अरुणलाई गौशलास्थित घरबाट समातेर इलाका प्रहरी कार्यालय गौशालामा बुझाइयो ।
पीडित परिवारले दिएको जाहेरी र आरोपितलाई नियन्त्रणमा लिएपछि गौशाला प्रहरी चौकी र बर्दिबास प्रहरी कार्यालय दुवैले संयुक्त रुपमा घटनाको अनुसन्धान सुरु गरे ।
अरुणले आरोप स्वीकार गरेपछि बालिका गाडिएको स्थलमा जाँदा माटो मुनि बोरामा बाँधिएको अवस्थामा शव बरामद भयो । इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीकाअनुसार बर्दिबासस्थित पसलमा ‘चक्लेट’ किन्न गएकी बालिका गुलाबलाई अरुणले अपहरण गरेर हत्या शव माटोमा गाडेर आफ्नो गाउँ गएको खुलेको छ । तर यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
‘बालिकाको हत्या गरेर फालेको कुरा आरोपितले आफ्नो घरपरिवारमा समेत बताएका रहेछन्,’ रेग्मीले भने , ‘उसको परिवारका सदस्यले नै सोमवार राति १२ बजे प्रहरी कार्यालय गौशालामा ल्याएर बुझाएका थिए ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईंले पनि पक्राउ परेको अरुणले अपराध स्वीकार गरेको बताए । बालिकाको शव भेटिना साथ आक्रोशित स्थानीय शव सडकमै राखेर प्रदर्शनमा उत्रे ।
यसअघि धरौटीमा रिहा
बालिका हत्याका आरोपी अरुणकुमार साह यसअघि पनि हत्या आरोपमा धरौटीमा रिहा भइसकेको रहस्य बाहिरिएको छ । महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले आरोपित अरुण यसअघि पनि हत्या आरोपमा पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भएको बताए ।
उनले भने, ‘लकडाउनको बेला गएको २०७७ वैशाख २८ गत स्थानीय दिलिप ठाकुरको हत्या अभियोगमा पक्राउ गरेको थियो । अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा चलाइयो तर उनी धरौटीमा रिहा भए ।’ प्रहरी निरिक्षक रेग्मीका अनुसार दिलीप र अरुणबीच मदिरा सेवन गरी विवाद हुँदा कुटाकुट भएको थियो ।
कुटपिटको क्रममा अरुणले दिलिपमाथि ढुंगा प्रहार गरेपछि मृत्यु भएको थियो । घटना पश्चात आरोपित अरुणलाई पक्राउ गरी कर्तव्य ज्यानको मुद्दा चलाइयो । तर जिल्ला अदालतबाट धरौटीमा रिहा भए । तर उच्च अदालत जनकपुरमा उक्त मुद्दा पुनरावेदन दायर नै छ ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_Grrt13A1bT_f8s2nm1dxtsazwppyw1jvxlec5qvi94pbfdn2xehglkzce4run7jzbedqrna.jpg)
प्रतिक्रिया