शेखर कोइरालाले सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग गरे छलफल

काठमाडौँ- नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । कोइरालाको सचिवालय बालुवाटारमा भएको छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, महासमिति बैठक लगायत विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दियो।
छलफलमा अछामका पुष्प शाह, कञ्चनपुरका पदम बोगटी, बैतडीका चतुर बहादुर चन्द, डडेलधुराका भीम साउद, बाजुराका रामसिंह रावल, बझाङका खड्ग बोहोरा, डोटीका नरेन्द्रसिंह थापा र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू सहभागी थिए।
कोइराला महासमिति बैठकमा पार्टी उपसभापति तथा महामन्त्रीहरूले पेश गर्ने राजनीतिक दस्तावेजहरूसँग सन्तुष्ट छैनन्। कांग्रेसको महासमिति बैठक सोमबार (आज) देखि ललितपुरको गोदावरीमा सुरू हुँदैछ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया