साबिककै निर्देशनालयबाट कामकाज गर्ने कर्णाली सरकारको निर्णय

कर्णाली- कर्णाली प्रदेश सरकारले तत्काललाई साबिककै निर्देशनालयबाट कामकाज गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न भई नयाँ संरचना कायम नहुँदासम्म साबिकबमोजिम निर्देशनालय र कार्यालयले कार्य गर्ने/गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
प्रदेश सरकारको चालु आव २०८०/८१ को नीति तथा कार्यक्रममा संरचना सानो बनाउन निर्देशनालयहरू खारेज गर्ने उल्लेख छ । यद्यपि चालु आव २०८०/८१ मा बजेट विनियोजन भइसकेको र नयाँ संरचना कायम नभएकाले साबिककै निर्देशनालय तथा कार्यालय काम गर्ने निर्णय भएको प्रवक्ता जिसीले बताए ।
त्यसैगरी, प्रदेश लेखा नियन्त्रण कार्यालयको कायम मुकायम प्रदेश लेखा नियन्त्रकमा लेखा अधिकृत आठौँ पदका दीपेन्द्र मगरातीलाई जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया