सडकमै दूध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान

काठमाडौँ- सरकारले दूधको भुक्तानी नदिएको भन्दै चितवनका दूध किसानहरूले सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् ।
चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथितिको विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । किसानहरूले सडकमा दूध पोखाउनुका साथै किसानको समस्याको समाधानका लागि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् ।
सो अवसरमा सरकारले आफूहरूको आन्दोलनलाई बेवास्ता गरिएको खण्डमा अझ सशक्त रूपमा आन्दोलन गरिने अध्यक्ष बगालले बताए ।
किसानहरूले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र किसानहरूले भुक्तानी पाउनुपर्ने २ वटा माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानहरूले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् । त्यस्तै ५ दिनदेखि दूध बिक्री नभएको उनीहरूको भनाइ छ ।
चितवनबाट दैनिक १ लाख ५१ हजार लिटर दूध बिक्री हुँदै आएको छ । तथापि दूध बिक्री नभएर फाल्नु पर्ने अवस्था भएपछि नचाहँदा नचाहँदै पनि सडक दूध पोख्न बाध्य भएको किसानहरूले बतएका छन् ।

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया