एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

काठमाडौँ- अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुती दिने भएका छन् । डीजे मेजर लेजर समूहका एक सदस्य हुन् । क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।
वाल्शी फायर जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत पनि हुन् । मेजर लेजरको उनी एक मुख्य सदस्य पनि हुन् । उनको समूहमा डीजे डिप्लो र एप ड्रम्स छन् । तर उनको समूहका अन्य साथीहरू भने नेपाल आउने छैनन् ।
उनीहरूले धेरै हिट गीत उत्पादन गरेका छन् । जुन नेपाली युवामा समेत उनका गीतले प्रसिद्धि कमाएको छ । उनका लीन अन (डीजे स्नेक र एमओसँग), कोल्ड वाटर (जस्टिन बिबरसँग), नो बेटर (ट्राभिस स्कटसँग), रन अप (निकी मिनाजसँग), टाइटन्स (सियासँग) लगायतका गीतहरू छन् । यी गीतहरूमध्ये ‘लीन अन’ ३.५ बिलियन भ्युज छ । ‘कोल्ड वाटर’ लाई युट्युबमा ३३८ मिलियन हेरिएको छ ।
क्लबका निर्देशक रविन श्रेष्ठले वाल्सी फायरका कार्यक्रम ११ बजेदेखि सुरु हुने उनले जानकारी दिए । उनका अनुसार सहभागी हुन चाहने दर्शकले ई-सेवाबाट १ हजार मूल्यको टिकट लिन सक्नेछन् । दर्शकले कार्यक्रम सुरु हुनु अगाडि क्लबमा प्रवेश गरेर मनोरञ्जन गर्न सक्ने छन् ।
यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कर, अर्मन मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन् ।
त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।
एलओडी क्लब 'लर्ड अफ द ड्रिंक्स' विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको छ ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५२ औं स्थानमा राखेको हो । यसमा पाँच सय क्लब सहभागी भएका थिए।
डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया