नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालको टीममा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र देव खनाल रहेका छन् ।
करण केसी, सूर्य तामाङ, पवन सरार्फ र आरिफ शेखलाई बाहिर राखिएको छ ।
नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म केवल तीन एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले २ तथा नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्यान्ड्ससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।
लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया