बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

आईसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्सँग भिड्‌दै नेपाल

काठमाडौँ- आइसीसी क्रिकेट विश्वकप लिग:२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्को सामना गर्दै छ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजेदेखि शुरु हुँदैछ ।

नेपालले यस सिरिजको पहिलो खेलमा नामिबियासँग हार व्यहोरेको थियो । 

नेपाल र नेदरल्यान्ड्बीच अहिलेसम्म केवल तीन एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्यान्ड्ले २ तथा नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्यान्ड्सँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिकाः
फागुन ७ गते सोमबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्
फागुन ९ गते बुधबार- नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्
फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्