प्रस्तावित नेपाल विश्वविद्यालयलाई प्राविधिकसहित नयाँ पाठ्यक्रममा सञ्चालन गर्न सुझाव

काठमाडौँ- शिक्षाविदहरूले प्रस्तावित नेपाल विश्वविद्यालयलाई प्राविधिकसहित नयाँ पाठ्यक्रम गरी सञ्चालन गर्न सुझाव दिएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले अन्य विश्वविद्यालयभन्दा फरक ढंगले सञ्चालन गर्ने गरी नेपाल विश्वविद्यालय स्थापना गर्नुपर्ने सुझाव दिएका हुन् ।
बैठकमा शिक्षाविद् केदारभक्त माथेमाले अन्य विश्वविद्यालयमा धेरै कमजोरी देखिएकाले प्राविधिक पढेर ज्ञाता बन्न सक्ने गरि विश्वविद्यालय खोल्नुपर्ने बताए । पढ्ने र घोक्नेभन्दा पनि नयाँ विश्वविद्यालयले आफ्नो विचार र नयाँ कुरालाई स्थापित गर्ने वातावरण बनाइदिनुपर्ने उनले बताए ।
त्यस्तै कानुनविज्ञ माधव पौडेलले नेपालमा भएका विश्वविद्यालयको ऐन संशोधन गर्न कठिन हुने भएकाले सबै समस्यालाई समाधान गर्ने गरी नेपाल विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै शिक्षाविद् डा.चैतन्य मिश्रले संसारका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ विश्वविद्यालयलाई बलियो बनाउनुपर्ने धारणा राखे ।
बैठकमा समिति सदस्यहरूले नेपाल विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त हुने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका थिए ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया