मकवानपुरमा आजबाट भेरोसेल खोप लगाइँदै

हेटौंडा : मकवानपुरको दश स्थानीय तहमा आजबाट कोभिड-१९ विरुद्धको चिनियाँ खोप (भेरोसेल) लगाइँदैछ । जिल्लाका ६ हजार जनालाई खोप लगाउने स्वास्थ्य कार्यालय मकवापनुरका प्रमुख प्रणय उपाध्यायले बताए ।
जिल्लाका ६२ वर्षदेखि ६४ वर्षसम्म उमेर समूहका नागरिकले भेरोसेल खोपको पहिलो डोज प्राप्त गर्नेछन् । मकवानपुरको बागमती गाउँपालिकाले भने मंगलबारबाट खोप लगाउन सुरु गरेको छ ।
अन्यत्र भेरोसेलको पहिलो डोज लगाइसकेकाले भने जिल्लामै दोस्रो डोज लगाउन पाउने प्रमुख उपाध्यायले जानकारी दिए । यसअघि मकवानपुरमा भारतीय खोप (कोभिशिल्ड) २१ हजार ४ सय ३ जनाले लगाएका थिए । उनीहरुमध्ये ६ हजार २ सय ४१ जनाले कोभिशिल्डको दोस्रो डोज लगाइसकेका छन् ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया