मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुँदै, माईपे वालेटबाट टिकट लिन सकिने

काठमाडौँ- मेनुका पौडेलको आफ्नो पहिलो लाइभ सांगीतिक कार्यक्रम काठमाडौँबाट गर्ने उनको आर्टिस्ट म्यानेजर माईपे इमेन्ट्सले जनाएको छ । तपस्या इन्टरटेनमेन्टको आयोजनामा नेपालका प्रमुख ४ सहरहरूमा २०८० फागुन १८ देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको सांगीतिक कार्यक्रम हुन लागेको हो । उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट लिन सकिन्छ ।
२०५५ सालमा झापाको हल्दीबारी-४ मा जन्मेकी मेनुकाले १८ वर्षको उमेरमा नेपाल आइडलको पहिलो सिजनमा भाग लिइन् । नेपाल आइडलले नै उनलाई देश विदेशमा रहने नेपालीहरूमाझ चिनायो । त्यसपछि उनले भारतीय टीभी च्यानल सारेगमपाको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा उनी टप ११ मा पर्न सफल भएकी थिइन् । त्यसपछि इन्डियन आइडलमा गई आफ्नो जादुमयी आवाजले सबैलाई मोहित बनाएकी पौडेल टप १० सम्म पुग्न सफल भएकी थिइन् ।
मेनुका पौडेलको यो पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेज्मेन्ट माईपे इभेन्टले गरेको छ भने यस कार्यक्रमको प्रायोजन माईपे मनि ट्रान्सफरले गरेको छ । आगामी फागुन १८ गते काठमाडौँको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।
हाल साधारण टिकटको दर रु १००० र विशिष्ट टिकटको दर रु.१५०० राखिएको यस कार्यक्रमको टिकेटिङ पार्टनर माईपे वालेटले जनाएको छ । उनको लाइभ सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरू तथा मेनुकाका समर्थकहरू उत्साहित देखिएका छन् ।

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

प्रतिक्रिया