सेनाको व्यावसायिक तालिम केन्द्र निरीक्षण

लमजुङ : नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले मंगलबार निरीक्षण गरेका छन् । लमजुङको बेँसीशहर-२ बगालेगाउँमा निर्माणाधीन केन्द्रको निरिक्षणका क्रममा मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार राम्रो बनेको र क्षेत्रफल पनि पर्याप्त भएकाले आगामी दिनमा प्राविधिक ज्ञान, सीप र अध्ययन गर्न यसले सहयोग पुर्याउने बताए ।
निरीक्षण टोलीलाई क्याम्पसका प्राचार्य श्याम घिमिरेले हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । केन्द्रलाई रुपान्तरण गरी नेपाली सेना कृषि विज्ञान अध्ययन संस्थानको रुपमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेसँगै विएस्सी एजी अध्यापन गर्ने प्रक्रिया समेत अघि बढेको श्रीजंग गणका गणपति जयराम थापाले बताए ।
झण्डै १३ करोड रुपैयाँ लगानीमा आवश्यक पूर्वाधार निर्माण गरिएको उक्त क्षेत्रमा बाख्रा, गाई, बंगुर, कुखुरापालन गरिएको छ भने तरकारी खेतीसमेत गरिएको छ । केन्द्र करिब ४ सय रोपनी क्षेत्रफलमा पैलिएको छ । रासस

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया