अफ्रिकामा खोपका लागि १ अर्ब ३० करोड डलर सहयोगको घोषणा
टोरन्टो : मास्टरकार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर उपलब्ध गराउने घोषणा गरेको छ । फाउन्डेसनले उक्त रकम तीन वर्षभित्र खर्च गरिसक्ने जनाएको छ । मास्टरकार्ड फाउन्डेसनबाट पहिलो पटक व्यवस्था गरिएको यस अभियानबाट खोपको व्यवस्था गर्न कठिनाई भोगिरहेको अफ्रिकालाई ठूलो राहत पुग्नेछ । समयमै खोप लगाउन नसके अफ्रिकामा कोभिड–१९ को तेस्रो लहर आउने अनुमान गरिएको छ ।
फाउन्डेसनले छुट मूल्यमा जोन्सन एन्ड जोन्सनबाट खोप खरिद गर्ने योजना बनाएको छ । यो खोप खरिद गर्न जोन्सन कम्पनीसँग अफ्रिकी युनियनले मध्यस्थता गर्दैछ । जोन्सनले २२ करोड डोज खोप अफ्रिकी युनियनलाई उपलब्ध गराउने सम्झौता गरेको छ । युनियनकी एक प्रवक्ताले आगामी अगस्ट महिनाभित्रै जोन्सनको खोप उपलब्ध हुने विश्वास व्यक्त गरे ।
विश्व स्वास्थ्य संगठनले अफ्रिकामा कोरोनाभाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिएको भोलिपल्टै क्यानाडाको टोरन्टोस्थित मास्टरकार्ड फाउन्डेसनले रकम व्यवस्था गर्न लागेको घोषणा गरेको हो । अफ्रिकामा हाल कोभिड–१९ को खोपको आपूर्ति लगभग ठप्प छ ।
अफ्रिकामा खोपको अभाव हुनुमा खासगरी भारतले सेरम इन्स्टिच्यूटबाट उत्पादन गरिएको खोप निकासीमा प्रतिबन्ध लगाउनु पनि हो ।
अफ्रिकी संक्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (अफ्रिकी सिडीसी) ले युनियनमा आबद्ध ५५ अफ्रिकी मुलुकमा उक्त खोप समानुपातिक रुपमा वितरण गर्नेछ । (एपी)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया