न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु, पाँच जना घाइते

न्युयोर्क- न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारीअनुसार अपरान्ह करिब ४:३० बजे गोली चलेको थियो ।
गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटनाबारे अनुसन्धान जारी छ । (एएनआई)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया