जंगली हात्तीको आक्रमणमा परी बारामा एकको मृत्यु

रौतहट - बारा स्थित जंगली हात्तीको आक्रमण बाट एक जना अधबैँसे पुरुषको मृत्यु भएको छ।
जंगली हात्तीको आक्रमणबाट कोल्हबी नगरपालिका वाड न ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५०/५५ बर्षको पारस खा थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार भैँसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बीचमा पर्ने जङ्गलमा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।
मृतक थारुको शव पोष्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाइएको ईलाका प्रहरी कार्यालय कोल्हबिका प्रहरी निरीक्षक भोलामान सिङ अधिकारीले बताए ।
पछिल्लो समय बारा र रौतहटको केही स्थानमा जंगली हात्तीकोले बस्तीमा पटक-पटक उत्पात मच्याउँदै आएको छ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया