स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का आफ्नो अभिनय क्षमताका लागि पछिल्लो समय निकै लोकप्रिय अभिनेत्री हुन् ।
यसबारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, 'नेपालको लोकप्रिय अभिनेत्री एवं शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले शाओमीले अझ उचाई लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।'
यस्तै नवनियुक्त ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले भनिन्, 'शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरू र एआइओटी प्रोडक्टहरू प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ ।'

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

प्रतिक्रिया