यस्तो छ विपक्षीको बहिष्कारबीच ल्याइएको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

बुटवल : लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आज लुम्बिनी प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गत बैशाख १९ गते मुख्यमन्त्रीको पुनर्नियुक्ती र त्यसपछि जवरजस्ती सपथ खुवाएको भन्दै विपक्षी गठबन्धनका सांसदहरूले गरेको बैठक बहिष्कारकै बीचमा प्रदेश प्रमुख यादवले नीति तथा कार्यक्रम सार्वजानिक गरेका थिए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षका सांसदले नीति तथा कार्यक्रम बहिष्कार गरेका थिए । यी दलहरुले प्रमुख सचेतकहरुलाई मात्र प्रदेश सभामा पठाएर अन्य सांसदलाई बहिष्कार गर्न निर्देशन दिए अनुसार सांसदहरू प्रदेशसभामा अनुपस्थित भए ।
प्रदेश सरकारले लुम्बिनी प्रदेशमा आगामी आर्थिक बर्षमा १०१ वटा सडक-पुल निर्माण गर्ने, प्रदेश यातायात गुरुयोजना सम्पन्न गर्ने, आमा बाबु नभएका तथा अति विपन्न बालबालिकालाई आवासिय शिक्षा, एक स्थानीय तह, एक खेलकुद संरचना, प्रदेशका बिभिन्न जिल्लाहरुलाई परम्परागत उत्पादनका आधारमा पकेट जोन बनाउने लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया