बैंकिङ कसुरमा तीन वर्ष कैद र ९ करोड जरिवानाको सजाय तोकिएका व्यक्ति पक्राउ

काठमाडौँ- बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका-६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन् । उनलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी उनले बैंकिङ कसुर गरेको आरोप थियो । उक्त मुद्दामा उनलाई ९ करोड ७ लाख ६ हजार २७८ रुपैयाँ जरिवाना र तीन वर्ष कैद फैसला भएको थियो ।
उच्च अदालत पाटनले २०७१ साल वैशाख २९ गते फैसला गर्दै थापालाई जरिवाना र कैद सजाय तोकेको थियो ।
त्यसयता थापा फरार रहेका थिए । फरार प्रतिवादी खोजीको सिलसिलामा ब्यूरोको टोलीले थापालाई पक्राउ गरेको अधिकारीले बताए ।
थापाविरुद्ध नेपाल राष्ट्र बैंकले मुद्दा दायर गरेको थियो । थापा सञ्चालक रहेको काभ्रे ब्रोइलर सप्लायर्सले फर्जी कागजात तयार गरी ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएको थियो । कर्जा दुरुपयोग भएपछि राष्ट्र बैंकले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । थापालाई प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

प्रतिक्रिया