बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार

काठमाडौँ- आफ्नो फोरजी सेवाको गुणस्तर अझै सुधार गर्ने कामलाई तीव्रता दिँदै एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ । यससँगै यी क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकहरूले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्डबाट फाइदा लिन सक्छन् ।

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरूका फोरजी सेवामा थप सुधार गरेको हो । 

मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवामा सुधार गरिएको छ, जसले ग्राहकहरूलाई थप सुधारिएको मोबाइल ब्रोडब्यान्ड र कनेक्टिभिटीको पहुँचबाट फाइदा लिन सजिलो बनाएको छ । फोरजी सेवामा सुधार भएका क्षेत्रहरूमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरू रहेका छन् ।

त्यसैगरी ग्राहकले अब गण्डकी प्रदेशको आँबुखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्कबाट फाइदा लिन सक्छन् । देशका अन्य स्थानहरूमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको छ । हालैमात्र एनसेलले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा विभिन्न स्थानहरूमा फोरजी सेवा सुधार गरेको थियो ।

सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ । मंगलबार, एनसेलले तीन वटा डबल मजा प्याकहरू संचालनमा ल्याएको छ । यसमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरी सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्त गरी यसको फाइदा लिन सक्छन् ।

एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा एनसेलले मधेश र गण्डकी प्रदेशमा विभिन्न व्यावसायिक सामाजिक जिम्मेवारीका आयोजनाहरू पनि कार्यान्वयन गरेको छ । जस्तै आधुनिक डिजिटल ल्याब आयोजनाले सरकारी/सामुदायिक विद्यालयहरूका हजारौं विद्यार्थीहरूलाई आधुनिक सिकाइ विधिहरूमा पहुँचका साथ प्रत्यक्ष रूपमा लाभान्वित बनाएको छ भने एडप्ट ए स्कुल कार्यक्रमले विद्यालयका पूर्वाधार विकासमा योगदान गरेको छ । 

मधेश प्रदेशमा एनसेलले चार वटा सरकारी विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ भने सात विद्यालयलाई कक्षाकोठा, शौचालय निर्माण, खानेपानी सुविधा र पुस्तकालय स्थापना गर्न सहयोग गरेको छ । त्यसैगरी, धनुषाधाममा ३३ हेक्टर जमिनमा ५० हजारभन्दा बढी रुख रोपिएको छ भने सीमान्तकृत समुदायका महिलालाई शिक्षित बनाउन वमन एडल्ट लिटरेसी कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा एनसेलले पाँच वटा विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरिएको छ भने एडप्ट ए स्कुल कार्यक्रममार्फत छ वटा विद्यालयलाई कक्षा कोठा निर्माण, खानेपानीको सुविधा, फर्निचर, शौचालय निर्माण र शैक्षिक सामग्री उपलब्ध गराइएको छ । व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेलले हालसम्म देशभर विभिन्न सामाजिक कार्यहरूमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ १८, २०७४ मा काठमाडौँ उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो र हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ । सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ ।

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…