पैसा चोरेर भागेको ३८ वर्षपछि पक्राउ

काठमाडौँ : करबापत जम्मा भएको रकम बैंकमा राख्न गएका कर्मचारीलाई बाटैमा लुटपाट गरेर फरार भएका व्यक्तिलाई कन्चपुर प्रहरीले ३८ वर्षपछि पक्राउ गरेको छ । २०४० पुस १० गते लारी डिष्टीलरी बेलौरीबाट अन्त शुल्क वापतको सरकारी रकम लक्ष्मीपुर पुर्नवासस्थित राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न जानेक्रममा जंगलमा बन्दुक, बञ्चरोलगायत हाहतियार देखाएर रकम लुटपाट तथा कुटपिट मुद्दामा फरार चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उनलाई ३ वर्ष १ महिना १५ दिन कैद भुक्तानका लागि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनलाई तीन वर्षभन्दा धेरैको कैद भुक्तान गर्नुपर्ने फैसला २०४२ बैशाख २५ गते कञ्चनपुर जिल्ला अदालतले सुनाएको थियो । प्रहरीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ ।

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया