वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आयो : मन्त्री गुरुङ

काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको बताएका छन् ।
नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आइतबार चितवनमा गरेको कार्यक्रममा वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण रहेपनि वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको तर पूरै राम्रो भने भइनसकेको बताए ।
उनले भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै हुने गरेको धारणा राखे । उनले न्यायालय स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालय स्वतन्त्र रहेको भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने धारणा राखे । उनले सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको बताउँदै राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट दिने नगर्ने स्पष्ट पारे ।
कांग्रेसका उपसभापति मन्त्री गुरुङले समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको निराशाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

संसदीय समितिले सुनचाँदी व्यवसायीसँग छलफल गर्ने

आजबाट जसपाको संघीय परिषद् बैठक
प्रतिनिधिसभाको बैठक बस्दै, सांसदको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

प्रतिक्रिया