शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

सुनको भाउ घट्यो, कति पुग्याे मूल्य ?

फाइल तस्बिर

काठमाडौं - सुनको भाउ घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रति तोला ५०० रूपैयाँले घटेको हो । 

आइतबार ५०० रूपैयाँले घटेर छापावाल सुन प्रति तोला १ लाख १८ हजार रूपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि गत शुक्रबार छापावाल सुन प्रति तोला १ लाख १८ हजार ५०० र तेजावी सुन १ लाख १७ हजार ९५० रूपैयाँमा किनबेच भएको थियो । 

साथै गत शुक्रबारको तुलनामा आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार १ हजार ३९० रूपैयाँ प्रति तोलामा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।