परासीमा ४० लाख खानेपानीको महसुल उठ्न सकेन

नवलपरासी - पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब ४० लाख उठ्न सकेको छैन । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा नतिर्दा सो रकम उठ्न नसकेको हो ।
समितिले खानेपानी उपभोगबापतको बक्यौता भुक्तानीका लागि १५ दिनेसमय सीमा निर्धारण गरेको थियो । सो समयभित्र तीन लाखमात्रै महसुल भुक्तानी भएको समितिले जनाएको छ ।
४३ लाख २३ हजार महसुल उठाउन बाँकी भएपछि समितिले ताकेता दिँदै भुक्तानी नगरे धारा काट्ने, भुक्तानी नतिर्नेको नामावली सार्वजनिक गर्ने चेतावनी दिएको थियो । तर १५ दिनको अवधिमा रु तीन लाख २१ हजारमात्र महसुल उठेको समितिका अध्यक्ष खगेश्वर पन्थीले बताए । अझै ४० लाख महसुलबापतको रकम उठ्न बाँकी छ ।
यसबीचमा समितिले वडा नं १ र २ मा तीन जना उपभोक्ताको धारा काटेर पानी वितरण रोकेको छ । स्थानीय राजनीतिक दलका नेताले नै महसुल नतिरेको समितिले जनाएको छ । तीन महिनासम्म महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारणसभाले निर्णय गरे पनि समितिले साधारणसभाको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्न सकेको छैन ।
समितिले केही संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने नौ वटा धारा यसअघि नै काटेको थियो । समितिले रामग्राम वडा नं १ र ६ मा रहेका दुई वटा खानेपानी ट्यांकीमार्फत एक हजार सात सय बढी घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ ।
पोखरापालीमा रहेको ट्यांकीको पानी पनि अहिले वितरण भइरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ । तर कतिपय उपभोक्ताले संस्थाले विगतमा पर्याप्त र शुद्ध पिउने पानी वितरण गर्न नसकेको भन्दै धमिलो पानीको महसुल तिर्न नसकिने तर्क गर्दै आएका छन् ।
रासस

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया