'निजी उच्च माविले चरम शुल्क आतंक मच्चाए'

काठमाडौं : नेपाल विद्यार्थी संघले केही निजी उच्च माविहरूले चरम शुल्क आतंक मच्चाइरहेको भन्दै त्यसप्रति निन्दा गरेको छ। वैशाखमै हुने परीक्षा कोभिड-१९का कारण पर धकेलिदा विद्यार्थीमाथि प्रत्यक्ष असर परेको अवस्थामा यस्तफो गतिविधि अबान्छनीय र निन्दनीय रहेको नेविसंघले प्रस्ट पारेको हो।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मंगलबार विज्ञप्ति जारी गर्दै नियमित, प्रत्यक्ष पाठनपाठन नभएको र विद्यार्थीले कुनैपनि सुविधा नलिएको अवस्थामा अनावश्यक र अतिरिक्त कुनैपनि शिर्षकमा शुल्क नलिन चेतावनी दिएका छन्।
'केही विद्यलयहरुले शुल्कको नाममा अनावश्यक दबाब शृजना गर्दै परीक्षाको प्रवेश पत्र रोकेको, काठमाडौंको मोर्गन कलेजमा अत्यधिक शुल्क वढाउँदा स्वतस्फूर्त शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निर्दोष विद्यार्थीलाई गिरफ्तार गरिएको घटना अत्यन्तै निन्दनीय छ', विज्ञप्तिमा भनिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया