बलात्कार आरोपी पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार ‘छ १’ ले दिएको जाहेरीको आधारमा दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्रराज पाण्डेले जानकारी दिए । दासले गत मंसिर २८ गते १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
प्रहरीले खोजीकै शिलशिलामा बिहीबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सुनिल कार्कीले जानकारी दिए । पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानको लागि शुक्रबार जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कार्कीले जनाए ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया