लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

मोरङ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशले मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् ।
न्यू सृष्टि दैनिकको १३ औँ वार्षिकोत्सव एवं सम्मान कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशका जनताले गरेको आन्दोलनका कारणमा मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा बसोवास गर्ने विविध जातजाति, भाषाभाषी एवं संस्कृति अवलम्वन गरेका समुदायका बीचमा आपसी सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने काममा सञ्चार माध्यमले योगदान गर्नुपर्ने बताइन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग आज भएको पाँच बुँदे सहमतिले प्रदेशमा आजदेखि बन्द हडताल सधैंका लागि बन्द गरेको बताए ।
उक्त दैनिकका प्रधानसम्पादक एवं रासस सञ्चालक समितिका सदस्य शङ्कर खरेलले आगामी वर्ष आफ्नो पत्रिकाले दैनिकले युवा वर्षका रूपमा मनाउने बताए ।
वरिष्ठ कलाकार नीरविक्रम शाह, नायक विश्व बस्नेत, वरिष्ठ लोकगायक कुमार बस्नेत,अभिनेत्री शर्मिला मल्लले सम्पूर्ण राष्ट्रिय एकताका निम्ति नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया