सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजान्छ : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजाने बताएका छन् ।
मेची आखा अस्पतालको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार झापामा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले २०५४ देखि स्वास्थ्य क्षेत्रमा दरबन्दी नबढाएको बताउँदै वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी परिपूर्ति गर्न दरबन्दी बढाउँदै लैजाने बताएका हुन् । उनले अहिले ९२ हजार स्वास्थ्यकर्मी आवश्यक भए पनि २८ हजार जनशक्ति मात्र रहेको जिकिर गरे ।
३२ हजारको जनशक्ति तत्काल परिपूर्ति गर्ने गरी प्रक्रिया अघि बढेको उनको भनाइ छ ।
मन्त्री बस्नेतले मन्त्रालयले एक सयदेखि तीन सय शय्यासम्मका अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ गर्ने र तीन सय शय्याभन्दा माथिका अस्पतालमा एमबिबिएसको पढाइ सुरु गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।
त्यस्तै उनले आँखा उपचारको सेवा विस्तार गर्नुपर्ने र ७७ जिल्लाबाट सेवा प्रवाह गर्नुपर्ने धारणा राखे ।

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

‘सरकारले विपत् व्यवस्थापनका लागि बजेटअभाव हुन दिँदैन’

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल जारी

प्रतिक्रिया