पर्यटनमन्त्री भन्छन् : विमानस्थल बनाउनभन्दा चलाउन कठिन

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थल बनाउन भन्दा चलाउन कठिन रहेको बताएका छन् ।
शुक्रबार उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तरिक विमानस्थलको निरीक्षण तथा अवोलकन गर्दै मन्त्री किरातीले नेपाल जस्तो मुलुकमा विमानस्थल बनाउन समेत सजिलो नभएको र निर्माण भइसकेपछि पनि सञ्चालन गर्न कठिन रहेको बताएका हुन् । नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि सञ्चालन गर्न नसकिएको भन्दै उनले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयहरू लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने बताए ।
मन्त्री किरातीले उक्त विमानस्थलमा क्रस बोर्डर फ्लाइट र माउन्टेन फ्लाइटबाट भने केही सम्भावना हुने धारणा राखे ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान सम्पन्न भएको छ । १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलको लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा रुख कटान बाहेकका काम अघि बढ्न सकेको छैन । तीन अर्बभन्दा बढी निर्माण लागत लाग्ने विमानस्थलमा यस वर्ष ५ करोड विनियोजन भएको जनाइएको छ ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया